
लघुकथा
दश्तुर
सुरेशकुमार पाण्डे
‘बाबु हाकिम साहेब पाल्नु भएन ?’- कृष्णाले स्टाफ सँग सोधे। ‘आएर पनि कतै जानुभयो ।’- स्टाफ सदस्यले भन्यो।
‘कुन ढोकाबाट निस्कनु भयो ? म त बिहानै देखि बसरहेको छु।’- कृष्णाले आश्चार्य हुँदै भने । हुनुपनि अचम्भ नै भयो।नजिकै गेटमा दश बजे भन्दा पहिले देखि उन्ले हाकिमलाई कुरेर बसेका थिए।आएको पनि देखेनन् गएको पनि देखेनन्।
‘हजुरले नचिनेर होला उहाँ दश बजे आए पछि दुइघन्टा जती यतै हुनुहुन्थ्यो।’- स्टाफले भन्यो। हजुरलाई आउँदा बित्तीकै भनेको थिएं हाकिम साहेब आएपछि जानकारी गराउनु होला !अनि हजुरले पनि त भन्नु भएन ! ‘ कृष्णाले निरास हुँदै भने।
‘मलाई त एकछिन फुर्सद हुदैन बिर्सिए हौंला।’- स्टाफले भन्यो।ऊ कार्यलयको पिउन थियो होला तर उसको चाल ढालले हाकिम भन्दा कम थिएन।
‘बाबु अब कतिवेला पाल्नु हुन्छ ?’ कृष्णाले उसैसँग सोधे । ‘खै केही भन्न सकिदैनस हाकिम साहेबको त निश्चित समय हुदैन आउन पनि सक्नु हुन्छ न आउन पनि सक्नु ।’ स्टाफले यति भन्यो।
‘ऊफ् !अब के गरौँ ?’-उनि परिसान भए र आफैसँग मनमनै भने।
एउटा घरसारी पुर्जि बनाउने निवेदन दिएको कृष्णालाई अलि टाडैबाट आउनु पर्छ । अब हाकिमको आउने कुनै निश्चित थिएन। सबैकाम उसले सहीछाप गरेपछि बल्ल सुरू हुन्छन्।उनि चिन्तित् भए अचानक त्यहीवेला पुरानो साथिलाई झर्लक देखे।
‘ओहो रन्जित तिमि कहाँबाट ?’ पुरानो क्लासमेट साथि मिल्यो। ‘ म घरैबाट आएको अनि हजुर रुरन्जितले सोध्यो।म पनि घरैबाट एउटा घरसारि पुर्जी चाहिको थियो तर हाकिमको उपस्थितिनै छैन्।
‘जबसम्म स्टाफको हातमा दस्तुर पुग्दैन हाकिम देखिदैन् यो त मैले भोगेकै कुरा हो। केनामको निवेदन छ ?’- रञ्जितले कृष्णालाई सम्झायो र सोध्यो।’ मेरै नामको हो।’उन्ले सटिकमा भने।
‘चुपचाप हेरिरहनु मलाई पाँच सय रू. दिनुहोस् सही गराएर दिन्छु।’ रञ्जितले भन्यो।
‘ ऊ पिउनको नजिकमा गयो र पाँच सयको नोट थमायो। पिउन भित्र गयो अनि हाकिमको सही छाप लगाएर दश मिनेटभित्रमै ल्याएर रञ्जितलाई थमायो।
‘लिनुहोस् ! हजुरको काम भयो। ‘-रञ्जितले कृष्णाको हातमा पत्र थमाउँदै भन्यो।
‘ यस्तो पो रहिछ सरकारी काम गराउने तरिका त !’- कृष्णाले विदा लिंदै भन्यो।
दाङ घोराही- १८







