
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जयन्तीको अवसर पारेर त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष साहित्यकार इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरिन् ।
उक्त अवसरमा कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको शालिकमा समेत माल्यार्पण गरियो ।
सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरे ।
प्रा.केशव सुवेदी, बालकृष्णसम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ, भगवती बस्नेत, सदस्यसचिव नरेन्द्रराज प्रसाईले कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको मार्गमा हिँड्नु नै त्रिमूर्तिप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।



