
कार्तिक ५, कुनै बेला हामी धर्मको अध्ययन र अभ्यासलाई गम्भीरताका साथ लिन सकिरहेका हुँदैनौं। त्यो बेला अनित्यताको ध्यान गर्दा हामीलाई धर्म अभ्यास आवश्यक छ भन्ने बोध हुन्छ। अभ्यास गर्न थालिसकेपछि पनि कहिलेकाहीँ हामी आलस्यले ग्रस्त भई एकाग्र हुन सक्दैनौँ। त्यतिबेला पनि अनित्यतामाथि चिन्तन गर्नाले हामीलाई पुनः उत्साही र अप्रमादी बनाउँछ।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ३२ बाट







