
काठमाडौं । डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथाआह्वान गरेको हो ।बाह्रखरी मिडियाले यसपल्ट विगतका वर्ष भन्दा पुरस्कार राशी बढाएको जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख,एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथ तथा प्रमाणपत्र प्रदान गरिनेछ ।पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो। संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । उक्त समारोहमा प्रा डा अभि सुवेदीले एक प्रवचनमा साहित्य अध्ययनका आधारहरुका बारे बोल्नु भएको थियो।







