बुधबार भएको विमान दुर्घटनामा मृत्यु भएका सबैको शव पहिचान भएको छ ।
काठमाडौं– सौर्य विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर पोष्टमाटम गरिसकेको छ ।तर बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ।