काठमाडौं ।करिब आधा घण्टाभित्र आइतबार तीन अर्ब नौ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
बजार खुलेको एक मिनेटमा नै सकारात्मक ‘सर्किट ब्रेक’ लागेको थियो । ।
पहिलोपटक सर्किट ब्रेक लाग्नुभन्दा पहिले एक मिनेट कारोबार भएको थियो । दोस्रोपटक सर्किट ब्रेक लाग्नुभन्दा अघि पनि एक मिनेट कारोबार भयो । दोस्रो सर्किट ब्रेकपछि खुलेको बजारमा १८ मिनेटसहितको अवधिमा उक्त कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
दोस्रो सर्किट ब्रेकपछि बजार अराह्न १२ बजेर २ मिनेटमा खुलेको थियो । यो अविधिमा १३० कम्पनीको सेयर मूल्य बढेको छ ।


