
असोज २३ ,बोधिचर्यावतार ग्रन्थमा बोधिचित्तसम्बन्धी तीनवटा मार्गदर्शन प्रदान गरिएको छ। पहिलो, अनुत्पन्न बोधिचित्त लाई कसरी उत्पन्न गर्ने। दोस्रो, बोधिचित्त उत्पन्न भइसकेपछि त्यसलाई कसरी विस्तार गर्ने वा बढाउने। तेस्रो, बोधिचित्तलाई क्षय हुनबाट रोक्नको लागि कसरी बारम्बार अभ्यास गरेर त्यसलाई पुष्ट गर्ने।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ १३१ बाट







