काठमाडौं । सरकारले तत्काल संसद्को हिउँदे अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्ने भएका छन् ।
बुधबार सिंहदबारमा बसेको विपक्षी ६ दलको बैठकमा यस्तो समझदारी भएको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले बताए ।
सरकारले हिउँदे अधिवेशन नबोलाएर अध्यादेश ल्याएको भन्दै विपक्षीले आपत्ति जनाएका छन् ।
यसैगरी निर्वाचन कानुनमा ‘थ्रेसहोल्ड’ बढाएर साना दलको सहभागिता कमजोर बनाउन खोजिएको निष्कर्षमा विपक्षी पुगेका छन् ।