
असोज २१,सामान्यतया, बोधिचित्त दुई प्रकारका हुन्छन्: संवृत्ति (सापेक्ष) बोधिचित्त र परमार्थ (गहनतम) बोधिचित्त। प्रायः उपदेशहरूमा परमार्थ बोधिचित्त संवृत्ति बोधिचित्तभन्दा श्रेष्ठ छ भनेर बताइन्छ। तर, हामी चित्त साधना भरखरै शुरु गर्नेहरूका लागि संवृत्ति बोधिचित्त नै सबैभन्दा महत्त्वपूर्ण हुने शिक्षा दिइन्छ र परमार्थ बोधिचित्तको चर्चा केवल संक्षेपमा मात्र गरिन्छ।
— सेवेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ् (सप्तश्लोकी मतिशोधन), पृष्ठ १९ बाट








