असोज १४, अनित्यताको ज्ञान हाम्रो मनलाई शीघ्र नै धर्मतिर मोड्न ज्यादै उपयोगी हुन्छ। हरेक चीज कति धेरै परिवर्तनशील छन् भन्ने बोध भयो भने हामी समय खेर फाल्ने अवस्थामा छैनौं भन्ने पनि राम्रोसँग जान्दछौं। — बौद्ध साधनाका चार सामान्य आधार, पृष्ठ ३७ बाट