
भदौ २५, सबैको मनका दुई पक्ष हुन्छन्। एक पक्ष शुद्ध हुन्छ भने अर्को पक्ष अशुद्ध। मनको अशुद्ध पक्षलाई क्लेश भनिन्छ। यदि तपाईंले क्लेशलाई त्याग्नुभयो भने तपाईंका शरीर र वचनका सबै कार्यहरू स्वतः धर्ममय वा शुद्ध बन्नेछन्। तर जबसम्म क्लेश त्यागिएको छैन, शरीर र वचनका कार्यहरू बाहिरबाट जतिसुकै राम्रो देखिए पनि साँचो सुख प्राप्त हुने छैन।
— उत्पत्तिक्रम र सम्पन्नक्रमको सारमाथि टिप्पणी, पृष्ठ ५१ बाट







