
भदौ २०, पुण्यसम्भारको तात्पर्य के हो भने हामीले धर्म अभ्यासलाई केवल एउटा चाहना वा विचारमा मात्र सीमित राख्नु हुँदैन। यसको अर्थ हामीले काय (शरीर), वाक् (वाणी) र चित्त (मन) द्वारा केही व्यावहारिक र वास्तविक कर्म गर्नु हो। हामीले काय, वाक् र चित्तबाट सकेसम्म सकारात्मक कर्म गर्नुपर्छ। यसैलाई पुण्यसम्भार भनिन्छ।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ १६९ बाट







