काठमाडौ । प्रधानमन्त्रीमा ओलीलाई गरिएको नियुक्ति विरूद्ध परेको रिटमा उक्त रिटसंवैधानिक इजलासमा पठाउन सर्वाेच्च अदालतले आदेश गरेको छ ।
माननीय न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न भएको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो।
‘प्रस्तुत रिटमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र त्यसको निरूपण संवैधानिक इजलासबाट हुनुपर्ने देखिँदा सम्माननीय प्रधानन्यायाधीश समक्ष पेश गर्नु,’आदेशमा भनिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको रिट संवैधानिक इजलासमा पठाउने आदेश भएको हो ।


