
पुराना पुस्तक
कृति : धर्साहरु जो कोेरिए ,धर्साहरु जो कोरिएनन्
विधा : कथासङ्ग्रह
कथाकार : जैनेन्द्र जीवन
यस कृतिभित्र विभिन्न शिर्षकृत १२ थान कथा रहेका छन् । कथाका समयका पदचापहरु कथाहरुले बोलेका छन् । त्यतिबेलाका समाजका अवयवहरु कथाहरुमा कथानक बनेर आएका छन् ।भोगेका दुःख र पीडाहरु कथा बनेर उनिएका छन् । मान्छेका वाध्यताहरु कथामा पोखिएका छन् । सुत्रदेखि नस हाल्नुसम्म १२ कथामा मान्छेका भोगाइहरुका अनवरत श्रृँखला परेका छन् ।
मध्यम आयतनका कथा,सरल र सुललित भाषामा पठनीय बनेर झुल्केका छन् ।
धर्साहरु जो कोेरिए धर्साहरु जो कोरिएनन् लाई साझा प्रकाशनले पहिलो पटक वि.सं.२०३५ सालमा प्रकाशनमा ल्याएको हो ।
कृति : नेपाली कविताको प्रवृत्ति
विधा :समालोचना
कृतिकार : रमेश श्रेष्ठ
नेपाली कविताको विकासक्रम र यससँगै आएका विभिन्न मोड र प्रवृत्तिहरुको चर्चा र मुल्याँकन गरिएको कृति । विभिन्न राजनीतिक,सामाजिक परिप्रेक्ष्यसँगैका आधारमा आधारित भएर विवेचना गरिएको छ ।
नेपाली काव्यप्रवृत्तिहरुको विवेचना समेत छ । वीर कालका कविहरु सुवानन्ददास, शक्तिबल्लभ अज्र्याल, उदयानन्द अज्र्याल,यदुनाथ पोखर्याल, लगायत भक्तिकालिन सन्तकाव्य र कवि इन्दिरादास, वसन्त शर्मा यदुनाथ पोखरेल रामकाव्य भानुभक्त आचार्य,रघुनाथ आदिका कविता र प्रवृत्तिहरु यसमा छ । नेपाली श्रृँगारिक कविताका प्रवृत्ति र तिनका मोतिराम भट्टदेखि शम्भुप्रसाद ढुँगेलसम्मका चर्चा गरिएको छ। आधुनिक नेपाली कवि लेखनाथ पौडेल र समको चर्चा र तिनका प्रवृत्ति केलाइएको छ । रोमान्टिक कवि लक्ष्मीप्रसाद पौडेल,सिद्धिचरण माधव घिमिरे र समसामयिक कवि र कविता मोहन कोइराला र गोपाल प्रसाद रिमालको चर्चा र प्रवृत्ति केलाईएको छ ।
नेपाली कविताको प्रवृत्ति साझा प्रकाशनबाट पहिलो पटक २०३५मा प्रकाशनमा ल्याइएको हो ।
कृति : समयका घोडाहरु
विधा : मुक्तक
कृतिकार: राधेश्याम लेकाली
८४ थान विभिन्न शिर्षकृत मुक्तक छन् । हरेक मुक्तकसँगै एक चित्र कोरिएको छ ।
सुक्ष्मतामा व्यापकता हुन्छ मुक्तक। मुक्तकहरुमा गद्य र रुबाईशैली प्रयोग । विभिन्न विषय प्रेम,विछोड,राजनीतिक वेथिति, भ्रष्टाचार, फोहोरका दुर्गन्ध, विदेशिएकाहरुको पीडा लगायतका विषयहरु परेका छन् । देशभक्ति र स्वच्छन्दवादी उडान भरेका छन् मुक्तकले । बिम्व,उपमा,रुपकहरुको प्रयोग आवश्यकता अनुसार गरिएका छन् । सरल भाषाशैली छ । समयको नकारात्मकताको कडा टिप्पणी मुक्तकभित्रका जीवनदृष्टि लाग्छन् । कतैकतै नारावादीको छनक आउँछ ।
समयको घोडालाई नेपाल मुक्तक प्रतिष्ठानले पहिलो पटक वि.सं.२०७२ मा प्रकाशित गरेको हो ।





