
साउन २७, हाम्रो र सबै प्राणीहरूको सुखको मूल स्रोत बोधिचित्त हो, त्यसलाई कहिल्यै बिर्सनु हुँदैन । यसरी सोचेर दृढ संकल्प उत्पन्न गरेमा, भार्दो (अन्तराभव) अवस्थामा समेत स्वत: बोधिचित्त उत्पन्न हुनेछ । मृत्युको क्षणमा पनि हामी यो भावमा रहन सक्षम हुनेछौं । अनि अर्को जन्म ग्रहण गर्दा पनि बोधिचित्त स्वाभाविक रूपमा प्रकट हुनेछ ।
—द हार्ट अफ धर्म, पृष्ठ ७३ बाट







