
काठमाडौं।कवि अल्पज्ञानीको कविताकृति ‘उज्यालो पर्खिरहेको मानिस’ लोकार्पण भएको छ ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि साहित्यकार डा. नवराज लम्साल, डा. गीता त्रिपाठी, डा.अशोक थापालगायतले कृति सार्वजनिक गरे ।
कार्यक्रममा डा. थापा तथा डा. त्रिपाठीले कृतिको समीक्षात्मक टिप्पणी गरे ।समीक्षकहरूले कवि अल्पज्ञानीको कवितामा जीवन, समय र समाजप्रतिको संवेदनशील दृष्टिकोण प्रकटीकरण भएको चर्चा गरे ।
प्रमुअ अतिथि डा. लम्सालले अल्पज्ञानीका कवितामा रहस्य र प्रश्नहरू प्रबल रूपमा आएको उल्लेख गरे । कृतिकार अल्पज्ञानीले आफ्नो रचनात्मक यात्राका अनुभूतिहरू सुनाए ।
कार्यक्रममा साहित्यकारहरू भुवनहरि सिग्देल, डा. राजेन्द्र चापागाईंलगायतले बोले ।
कार्यक्रममा कविहरू सञ्जिव पौडेल, अमृत क्षेत्री, लक्ष्मीदेवी गौडेलले सार्वजनिक कृतिभित्रका कविता वाचन गरे ।




