
काठमाडौं ।काठमाडौं क्षेत्र नं. १ एकता समाजले हिजो बिहिबार क्रिष्टल पाटी प्यालेस, काठमाडौंमा आयोजना गरेको खीर खाने कार्यक्रममा माननीय दिपेन्द्र श्रेष्ठ, समाजसेवीहरु कृष्ण के. सी., देवराज शर्मा र अम्बिका अर्याललाई सम्मान गर्यो ।
यसैगरी सोही कार्यक्रममा एस एस फाउन्डेसन काठमाडौं, नेपालले वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलाई नगद राशि रु.२५,०००।(पच्चिस हजार)सहित सम्मान गर्यो ।लेकालीलाई विभिन्न साहित्यिक र सामाजिक संस्थाहरुको नेतृत्व तहमा रहेर आफ्ना सिर्जनाका माध्यमबाट नेपाली साहित्यको उन्नयन र विकासमा योगदान गरेवापत सो सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त सम्मान प्रदान गरे ।

एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ इतिहासविद् प्रा.डा. सुरेन्द्र के. सी.ले स्वागत मन्तव्य व्यक्त गर्दै साउन पन्ध्र, खीरको महत्व र नेपाली पर्वकोबारे स्पस्ट पारे।
काठमाडौं क्षेत्र नं. १ एकता समाजका अध्यक्ष चमन कोइरालाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।



