
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारआयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले व्यापारी, उद्योगीहरुले मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गरे।
उनले भने-‘व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको छ।’
उनले नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसवापत धेरै गाली खानुपरेको स्मरण गरे।
उनले भने-‘व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपतिले हो। केही समस्या छन् भने भन्नुस्, के गर्नुपर्छ सरकारले। हामी सरकारमा छौँ,हामी तयार छौँ, सहयोगका लागि। सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि फेरि। आफू गर्नुपर्यो नि। आफू केही नगर्ने अनि हामीलाई दोष दिने? काम गर्नुपर्यो, मेहनत गर्नुपर्यो। बिना मेहनत हुँदैन व्यापार होस् चाहे उद्योग होस्।’



