
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो संसद भएको बताएका छन् ।
बुधबार संसदीय मामिला पत्रकार समाज आवद्ध पत्रकारहरूसँग राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उनले संसदको काम सरकार बनाउने रहेको बताए ।
उनले भने -‘संसदले सरकार निर्माण गर्ने व्यवस्था भन्दा अर्को विकल्पमा त्यस्तो केही छ कि भनेर सोच्न थालियो भने हामी जुन डेमोक्रेसीको कुरा गरिराख्या छौं, त्यसको रिभर्समा जान सक्छौं, त्यसको अर्कै पाटोतिर पुग्न सक्छौं, त्यो डेन्जर छ ।’
राष्ट्रपति पौडेलको जोठ जनप्रतिनिधिले राष्ट्रिय आकांक्षा ख्याल गरेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा छ । उनले भने -‘अत्यावश्यक ऐन बनाउनेमा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ।’
लोकतन्त्रको अभ्यास अलि कम भएको उनको भनाई थियो । उनले संसदप्रति जनताको भरोसा टुट्न दिनु नहुनेमा जोड दिए ।

