असार १४, सबैभन्दा महत्वपूर्ण कुरा भनेको सकेसम्म उत्साहपूर्ण परिश्रम (वीर्य) का साथ अभ्यास गर्नु हो । यदि हामीले यस्तो उत्साहका साथ अभ्यास गर्न सक्यौं र अभ्यासमा कुनै ज्यादै ठूलो बाधा आएन भने त्यो हाम्रो ठूलो सौभाग्य हो । हुनत धर्मअभ्यासमा अत्यधिक परिश्रमी हुन सकिन्न र तपाईंले ज्यादै धेरै अभ्यास गर्न सक्नुहुन्न । तर जति उत्साह र लगनका साथ अभ्यास गरिन्छ, उति नै तपाईंलाई लाभ हुन्छ ।
—भिभिड अवेयरनेस, पृष्ठ २१३ बाट