
काठमाडौं । ‘डायस्पोरा गीतकार सम्मान-२०८१’ बाट गीतकार दिलिप योञ्जन तामाङ सम्मानित भएका छन् ।
विदेशमा रहेर पनि नेपाली गीत सृजनामा योगदान गरिरहेका तामाङ गीतकार संघद्धारा सम्मानित भएका हुन् ।
गीतकार संघको १६ औं स्थापना दिवसमा तामाङ नगदराशी रु.१५ हजार सहित सम्मानित भए ।
बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल रार्ई सहितले उक्त सम्मान समर्पण गरे ।





