
चारु
जन्म दिने आमालाई माया गर्न पर्छ
सधैँ सेवा भाव राखी अघि सर्न पर्छ।
जिउँदो देवी मानेर आमालाई सधैँ,
उनकै चरण कमलमा पर्न पर्छ।
दुख कष्ट भोग्न नपरोस् हाम्री आमाले
सन्तानको नाताले विपदा हर्न पर्छ।
चारधाम र सम्पूर्ण तीर्थ हुन आमा,
शरण परी भवसागर तर्न पर्छ।
आमाको दूधको भारा त सकिन्न तिर्न
सकेसम्म मुहारमा खुसी छर्न पर्छ।
अरुण कुमार भुजेल
गोरूबथान।







