
काठमाडौं। नेपाल पंक्षी संरक्षण संघ (वि.सि.एन.) आवद्ध पंक्षी अवलोकनकर्मीहरुले काठमाण्डौको झोर क्षेत्रमा पंक्षी अवलोकन विहान ७ बजेदेखि ११ बजेसम्म सम्पन्न भएको जानकारी ईखबर नेट लाई अवलोकन संयोजक समिक्षा चौधरीले बताउनु भयो ।”यो बि सि एन द्वारा संचालित शनिबारिय कार्यक्रम हो जुन बिगत ४३ बर्ष देखि बि सि एन ले संचालन गर्दै आइ रहेको छ!”
उक्त अवलोकन क्रममामा जम्मा ५६ प्रजातिको पंक्षीहरु रेकर्ड भएको जानकारी पनि गराउनु भयो ।

परिचयात्मक कार्यक्रममा झोर क्षेत्रमा पंक्षी संरक्षण गर्न आइपरेका कठिनाई र चुनौतीका बारेमा वि.सि.एन. का आजिवन सदस्य प्रसन श्रेष्ठले अवगत गराउनु भयो । वहाँले बताउनु भए अनुसार पंक्षीहरुले गुँड बनाउने, अण्डा पार्ने र चल्ला कोरल्ने समयमा स्थानीय बासिन्दाहरुले घरायसी कामको लागि गुँड लगाएका बाँस, रुख र रुखका हाँगाहरु काटिदिने साथै झाडीहरु फाँडिदिनाले चराहरुको संरक्षणमा चुनौतीपूर्ण भएको जानकारी गराउनु भयो।

स्थानीय सहभागी श्री रघुनाथ अधिकारीले पंक्षीको बासस्थान मासिने क्रमलाई सहजै न्यूनीकरण गर्न सकिने र उहाँका अनुसार झोरमा हुने पंक्षी अवलोकन कार्यक्रममा स्थानीय वडाको प्रतिनिधिहरु संग समन्वय गरि कार्यक्रम सञ्चालन गरिएमा स्थानीयहरुलाई चराको बासस्थान र तिनको संरक्षण बारे जानकारी हुने कुरा राख्नु भयो ।

आगामी दिनमा उहाँले ,वडा प्रतिनिधिलाई पंक्षी संरक्षण र स्थानीय पर्यटन प्रबद्र्धनको अन्तर–सम्बन्ध बारेमा जानकारी गराउने पनि बताउनु भयो । झोर क्षेत्रमा हुने वि.सि.एन. को कार्यक्रमहरुलाई आप्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने पनि बताउनु भयो ।






