
काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबार प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्र माथि जवाफ दिएका थिए । उनको जवाफपछि सभामुख देवराज घिमिरेले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि नीति कार्यक्रम निर्णयार्थ पेश भएको थियो । गत वैशाख, १९ मा संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।






