काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
धानमन्त्री ओलीले आफ्नो सहयोद्धासमेत रहेका नेता नेपालको निधनले पीडाबोध भएकासमेत बताएका छन् ।‘नेकपा (एमाले)को निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका,नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता,प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनुभएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ’प्रधानमन्त्री ओलीले लेखेका छन्-‘उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन्।’
सामाजिक सञ्जालमार्फत हिजो प्रधानमन्त्री ओलीले प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
हिजो नर्भिक अस्पतालमा नेता नेपालको निधन भएको थियो।







