कविता
जोकर र देश
विश्व सिग्देल
जोकरले
आफ्नी श्रीमतीलाई चुट्किला सुनायो
र मुस्कान पायो !
जोकरले
आफ्नी आमालाई चुट्किला सुनायो
र स्याबासी पायो !
जोकरले
आफ्ना टोल, छिमेकीलाई चुट्किला सुनायो
र ताली पायो !
घरपरिवार र टोलछिमेकीको तालीले
जोकरले सर्कसमा राम्रो जागिर खायो
बिस्तारै,
जोकरलाई सर्कस साँघुरो लाग्न थाल्यो
जोकरले देशलाई नै सर्कस बनायो !!!
(सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा आयोजित ठमेल काव्योत्सवमा प्रस्तुत)