
कृति : दश पोकाभित्रका पन्ध्र अँजुली
विधा : नियात्रा
कृतिकार : बद्री पोख्रेल
स्वदेशभित्र गरिएका यात्राहरु यसमा समावेश छन् । १५ थान शिर्षक विविधाका नियात्राहरु संग्रहित गरिएको छ । सुदुरपश्चिमको यात्रा उसमाथि उतिवेलाको विकटता र विषमता कति रोमाँचक होला यात्रा,त्यहाँका वस्तुस्थितिको यथार्थतालाई उजागर गरिएको छ । विकट स्थानहरुका साँस्कृतिक,सामाजिक र आर्थिक पक्षहरु जानकारी दिइएको छ । त्यहाँका दुरदराजमा रहेका मानिसहरुका जीवनका विभिन्न पक्षहरु अध्ययन गरिएको छ ।
यसमा सेती,कर्णाली,भेरीका बझाँग,वाजुरा,डोटी,अछाम,जुम्ला,हुम्ला,कालिकोट,दैलेख र सुर्खेत अटाइएकोछ ।
सरल शब्द,गहन विषयलाई रुचीकर ढंगले लेखिएको छ।
प्रस्तुत कृतिलाई साझा प्रकाशनले पहिलो पटक वि.सं.२०३७ सालमा प्रकाशनमा ल्याएको हो ।
कृति : देश प्रदेशको भ्रमण केही संस्मरण
विधा : यात्रा संस्मरण
कृतिकार : घनश्याम राजकर्णिकार
यात्राको संस्मरणलाई भोगेका देखेका अनुभव बटुलेका कुराहरलाई संस्मरणात्मक रुप दिइएको छ ।
कसैको निम्ति यात्रा प्रेरणा हुन सक्छ,कसैको निम्ति यात्राले जानकारी दिन सक्छ यहि कुरालाई यहाँ राखिएको छ । यसमा स्वदेश तथा विदेशका १० थान संस्मरणहरु छन् । जानकारीमूलक छ । फ्रान्स,यूरोप,जर्मन,भारतका विभिन्न स्थान लगायत स्वदेशका पोखरा,स्वयंम्भुसम्मका विभिन्न समय र सन्दर्भमा गरिएका यात्राहरुको वृतान्त छ ।
यस कृतिलाई पहिलो पटक वि.सं.२०४३ मा प्रकाशित गरिएको हो ।








