पुराना पुस्तक
कृति : नविन दृष्टिमा नेपालको प्राचीन इतिहास
विधा : इतिहास
इतिहासकार : प्रा.केदारनाथ प्रधान
]
इतिहासका अन्वेषक प्रधानको यो कृतिले इतिहासलाई व्यापक र गहिरो ढंगले खोतल्ने प्रयास गरेको छ । नेपालको इतिहासका प्राग ऐतिहासिक स्रोतहरु पत्ता गरेको छ । यसमा अध्ययन र अनुसन्धान गरेको छ।
नेपालमा मानवताको उद्भव र विकास,समाजको थालनी,मातृप्रधान,कविला,पितृप्रधान समाज,नेपालको आगन्तुक जातीको बारेमा जानकारी दिएको छ । यसैगरी गोपाल,महिषपाल,किराँत,कपिलवस्तुको शाक्य राज्य,पौराणिक बुद्ध बारे सूचना दिएको छ । कृतिले सामन्ती समाजका विभिन्न सवालहरुको जानकारी दिएको छ ।
यो कृति इतिहासका अध्येता,अनुसन्धानदाता लगायत सबैको निम्ति उपयोगी छ ।
नवीन दृष्टिमा नेपालको प्राचीन इतिहासलाई पसिना प्रकाशनले पहिलो पटक वि.सं.२०५४ सालमा प्रकाशनमा ल्याएको हो ।
कृति : चीनको अर्थ राजनीति र सहकारी
कृतिकार : केशव बडाल
कृति : सहकारी सम्बन्धी लेख
छिमेकी शक्तिशाली देश चीन चीनियाँ कम्यूनिष्ट पार्टीका नीति र निर्देशक सिद्धान्तहरु,चीनको परराष्ट नीति,नेपालप्रति उसको नीति,चीनको सहकारी,कृषि,उद्योग र अर्थतन्त्र,शिक्षा,तालीम,जातीय नीति,धार्मिक साँस्कृतिक स्वतन्त्रता र मानवअधिकार जस्ता विषयहरुको जानकारी दिने कृति हो । चीनियाँ विशिष्ठता समेत जानकारी दिने कृति । त्यहाँको ग्रामीण क्षेत्रमा कृषि अर्थतन्त्रको विकासका लागि चालिएका कदमहरुको समेत कृतिले जानकारी दिएको छ ।
चीनको अर्थ राजनीति र सहकारीलाई पहिलो पटक वि.सं.२०६७ सालमा प्रकाशनमा ल्याइएको हो ।
कृति :आगतको ढाडमा वर्तमानको सर्प
विधा : कवितासंग्रह
कवि: राधेश्याम लेकाली
निर्बोध बिम्बहरु प्रयुक्त भएका विषयगत विविधताका २३ थान कविताहरु यससंग्रहले समेटेको छ । कविताहरु वि.सं.२०३७देखि २०४० सालसम्मका कविताहरु समावेश गरिएको छ । कवितामा आत्मलाप लेकालीका कविताका विशेषता लाग्छ । अनुभूतिलाई पोखिएको छ ।अभिव्यञ्जनाको गुञ्जन कवितामा पाइन्छ । सरल तर समयको ऐना जस्ता लाग्छन् कविताहरु। भोगेका समयका विभिन्न अवयबहरु कविताहरुमा उतारिएको जस्तो लाग्छ । निराशाहरुबीच पनि आशाको भाव जागृत गराउने यत्न गरेका छन् कविताहरुले । दुरुह छैनन् सरल छन् ।
आगतको ढाडमा वर्तमानको सर्पलाई एसजी प्रकाशनले पहिलो पटक वि.सं.२०७० मा प्रकाशनमा ल्याएको हो ।