काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल चलिरहेको हो ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहका अग्नि खरेल पनि सहभागी छन् ।
यसअघि गत चैत ११ गते तीनै शीर्ष नेतासहित संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न पुनः समिति बनाउने सहमति जुटेको थियो ।
समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनबहादुर कार्की र मानव अधिकारकर्मी स्टेला तामाङ र लिली थापा सदस्य छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच शनिबार अपरान्ह साँझ भेट भएको थियो । करिब डेढ घण्टा चलेको भेटवार्तामा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल पनि सहभागी थिए ।
‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ,’ खरेलले बैठकपछि भने ।