
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कनक चैत्य महाबिहार मा बिराजमान हुनु भएका जन बहा द्यो (अमोघपास लोकेश्वर) को पूजा, एवं दर्शन असनमा गरेका छन् ।
हरेक बर्ष चैत्र शुक्ल अष्टमीका अवसरमा हिजो शनिबार बेलुकी जन बहा द्यो (अमोघपास लोकेश्वर)को रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ ।
हिजो शनिबारदेखि सुरु भएको जनबहा द्यो को रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनमा बिश्रामको पालो थियो ।







