काठमाडौं काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको दुई दिने तेक्वान्दो पुम्से सेमिनार शुक्रबार सम्पन्न भएको छ ।
सातबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्र उक्त पुम्से सेमिनार सम्पन्न भएको हो । तेक्वान्दो हल सातदोबाटोमा भएको सेमिनारमा मुख्य प्रशिक्षकमा अन्तर्राष्ट्रिय रेफ्री नोर्बु लामा र सहायक प्रशिक्षणका रूपमा अस्मिता खड्काले प्रशिक्षण दिएका थिए । उक्त सेमिनारमा एक सय एक जना प्रशिक्षक सहभागी भएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तेक्वान्दो पुम्से सेमिनारमा सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण गरेका थिए ।