काठमाडौं। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ नेपालको महाधिवेशन दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
उक्त महाधिवेशनबाट आगामी २०२५/२६को लागि डिष्ट्रिक्ट गभर्नर पदमा लायन केशरबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।
लायन्स क्लब अफ भक्तपुर दिवेश्वरी र लायन्स क्लब अफ काठमाडौं भिजनको सयुक्त आयोजनामा सम्पन्न लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ नेपालको महाधिवेशनबाट भण्डारी निर्वाचित हुनुभएको हो ।
सोही महाधिवेशनबाट प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पदमा लायन अजयप्रसाद खनाल, दोस्रो भाइस डिष्ट्रिक्ट गभर्नर पदमा लायन मनोज कुमार सापकोटा र इन्टरनेशनल डाइरेक्टर इन्डोसीमा लायन शम्भु घिमिरे निर्वाचित हुनुभएको छ।

यसैगरी निर्वाचित गभर्नर भण्डारीले क्याबिनेट सेक्रेटरीमा लायन इन्द्रबहादुर कार्की, क्याबिनेट ट्रेजरर लायन डा. सुभाष घिमिरे,ग्रेट कोअर्डिनेटरमा लायन भरत प्रसाई, जीएलटी कोअर्डिनेटरमा लायन प्रधुम्न कुमार पोखरेल मनोनित भएका छन् । यसैगरी लायन चक्रपाणि दाहाललाई जीएमटी कोअर्डिनेटर,लायन वसन्त थापालाई जीएसटी कोअर्डिनेटर र एलसीआइएफमा लायन ध्रुबबहादुर कार्कीलाई मनोनित गरिएको छ ।

गभर्नर शंकर सारदाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिडा. दास र क्याप्टेन विजय लामालाई सम्मान गरिएको थियो ।
महाधिवेशन अघि चाबहिलदेखि पासाङ्ल्हामु चोकसम्म प्रभातफेरी गरिएको थियो।

चाबहिलमा भएको कार्यक्रममा पीआइडीसंजय खेतान, गेट एरिया लिडर लायन खगेन्द्र सिटौला, एलसिआइएफ एरीया लिडरलायन राजन लम्साल, काउन्सिल चेयरपर्सन रमेश लामा, पूर्व काउन्सिल चेयरपर्सन डि.आर खनाल,डिष्ट्रिक्ट गभर्नर राजेन्द्र गिरी,डा. कमल कायस्थ र चण्डीप्रसाद अर्याल तथा वरिष्ठ गायक प्रेमराजा महतले मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सञ्चालन क्यविनेट सेक्रेटरी लायन प्रनिता शर्मा वरालले गर्नुभएको थियो।