काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको हो। घटाइएको मूल्य आइतबार बिहानदेखि लागू हुने छ।