
बनेपा। काभ्रे । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समितिको १४ औ जिल्ला अधिबेशनबाट भिमसेन हुमागाईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
अधिबेशनको बन्द सत्रले उपाध्यक्षमा चित्र गौतम, महिला उपाध्यक्षमा विद्यालक्ष्मी देउजा, सचिवयोगेन्द्र बडाल, कोषाध्यक्ष चन्द्रप्रसाद तिमल्सिना, सह सचिव सुविद्या त्रिपाठी र सह कोषाध्यक्ष रामशोभा भण्डारीलाई सर्वसम्मत चयन गरेको छ । महाधिबेशन प्रतिनिधि लगायत कार्य समितिका अधिकांश पदहरुमा सर्वसम्मत भएको छ ।
अधिबेशनको उद्घाटन नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री माननीय गोकुल बास्कोटाले गरेका थिए ।
कार्यक्रममा बोल्दै नेता बास्कोटाले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार्न र राज्यले गरेको लगानीलाई समेत खेर जान नदिन आवासिय विद्यालय निर्माणमा जोड दिए । शिक्षक, अभिभावक तथा समुदायको मेहनत र समन्वयमा मात्रै सामुदायिक विद्यालयहरुको गुणस्तर कायम हुन सक्ने बताउँदै नेता बास्कोटाले शिक्षालाई ब्यवहारीक र जीवनपयोगी बनाउन राज्यले बनाउने नीतिहरु स्पस्ट बन्नु पर्ने बताए । शिक्षकहरुले उठाएका विषयहरुलाई समेत सम्बोधन गर्दै नेता बास्कोटाले विधेयकमा शिक्षकहरुका हक, अधिकार स्थापित गर्ने अभियानमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।






