काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब संकटाविरुद्ध ३–१ को जित निकाल्दै भारतको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरामा जारी २४औँ आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ
खेलमा सुरुआती अग्रता भने संकटाले बनाएको थियो । १७औँ मिनेटमा मनीषले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, संकटाको यो अग्रता लामो समय टिक्न सकेन । ३५औँ मिनेटमा तालाले गोल गर्दै भारतीय टोलीलाई खेलमा फर्काएका थिए ।
खेलको ७७औँ मिनेटमा किरनको गोलमा थन्डरबोल्टले संकटाविरुद्ध २–१ को अग्रता बनायो । यस्तै निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा आर्दशले गोल गरेपछि थन्डरबोल्टले ३–१ को जित पक्का गरेको हो ।
जितसँगै क्वार्टरफाइनल प्रवेश गरेको थन्डरबोल्ट्सले अब सेमिफाइनल प्रवेशका निम्ति उज्वेकिस्तानको टिम ब्ल्याक बुल्स एफसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
मोफसलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको आहा राराको यस संस्करणमा कुल १२ टोलीको सहभागिता छ ।