पाँच मुक्तक
हरि गौतम
१.
हिम्मत हौ तिमी मेरो विश्वास हौ
साथी हौ जिन्दगीको आभास हौ
मेरो प्रगति पछाडिको पात्र तिमी
हरेक पलपलको निम्ति खास हौ !
२.
नसुन्ने नदेख्ने नबोल्नेहरुको यहाँ बथान छ
कुण्ठाले जरो गाड्यो बिचारको चिहान छ
जनताको टाउकोमा गिड खेल्न पाएपछि
यहाँ सासकहरुको उम्दो कुर्सीको सान छ !
३.
एउटा जाडोमा मात्र आगो तापेर हुदैन
मधुरताले संसार झुकाउँछ सरापेर हुदैन
कति लेखेको छ तिम्रो निधारमा के थाहा
भाग्यरेखाको लम्बाइ चौडाइ नापेर हुदैन !
४.
छोए बास्नादार पूष्प ,हातै मगमगाउँछ
चलाए रक्ष्यान त्यो ,दुङदुङ्ती गन्हाउँछ
स्वभाव परिवर्तन हुदैन उदाहरण हेरौ,
मौरी महमा भुल्छ झिङ्गा नालीमै रमाउँछ !
५.
ढुङ्गा कुट्दै सरापेर खैरो खन्नु पनि नपरोस्
इसारामै माया गरौं केही भन्नु पनि नपरोस्
प्यास मेटुन आँखाले मन भरियोस हेराईमा
बैरागीदै प्यारमा बदनाम बन्नु पनि नपरोस् !