काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनको तयारीका विषयमा छलफल हुनेछ । हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।
विपक्षी दलले संसद् छलेर अध्यादेश ल्याएको भन्दै विरोध गरिरहेका बेला सत्तारुढ दलहरू त्यसको प्रतिवाद कसरी गर्ने भन्ने तयारीस्वरुप छलफलमा जुटेका छन् ।
यसैबीच हिजो सोमबार सत्तारुढ दलको बैठक बसेर संसदमा मिलेर प्रस्तुत हुने,सरकारका राम्रा पक्षहरुको बचाउ गर्ने निष्कर्ष निकालेको थियो ।





