
बनेपा ।नेपाल बुद्धिजिवी परिषद् काभ्रेको १० औ जिल्ला अधिबेशन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष डा.अम्बुभवानी कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेपालको वर्तमान अवस्थासँगै काभ्रेपलाञ्चोक जिल्लाले लिएको विकास र समृद्धीका आधारहरुलाई ब्यवहारमा उतार्दै गएकाले त्यसको वकालत तथा त्यसका बारेमा सहि र गलत विषय उठानमा ध्यान दिनु पर्ने बताए ।

नागरिकहरुको जीवनस्तर, त्यसको आधार र भईरहेका कार्यका बारेमा समेत बुद्धिजिवीहरुले धारणा सार्वजनिक गर्नु पर्ने बताउँदै बास्कोटाले समृद्ध काभ्रेको अवधारणामा सबैको साथ आवश्यक भएको बताएका थिए ।
केन्द्रिय उपाध्यक्ष विधान आचार्यले बुद्धिजिवीहरुको योगदान, क्षमता र योग्यताको ब्यवस्थापन तथा सहि सदुपयोगका लागि नेकपा एमालेले लिएका कार्यनीतिहरु सहि भएको बताए ।
अधिबेशनको बन्द सत्रले केशव थापाको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरिएको छ । सचिवमा भीमसेन केसी, उप–सचिवमा शिवराम सिग्देल, कोषाध्यक्षमा निर्मला सापकोटा भुर्तेल निर्वाचित भएका छन् । यस्तै सदस्यमा श्रीकृष्ण पाण्डे, आर काफ्ले, शिव प्रसाद बञ्जारा, नरहरि कुँवर, माधव नेपाल, भवानी पाण्डे निर्वाचित भएका छन् ।
केन्द्रीय सचिव डा.दिपेन्द्र श्रेष्ठद्धारा समृद्ध काभ्रेका बारेमा कार्यपत्र प्रस्तुत गरिएको उक्त जिल्ला अधिवेशनमा उपाध्यक्ष विरबहादुर थापाको स्वागत मन्तब्य र सचिव भिमसेन केसीले संचालन गरेका थिए ।




