
काठमाडौं । काठमाडौंको आसन्न उपनिर्वाचनका निम्ति कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति राजमान मानवले स्वतन्त्र उमेदवारी दिएका छन् । कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।
सरसफाइ अभियान चलाउँदै आएका उनीहरूले हातमा कुचोसहितका सामग्री बोकेका थिए ।०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुरको मेयरमा निर्वाचित राजकुमार नकर्मीको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम छ ।


