
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी पाएका छन् ।
गृहमन्त्रीस्तरको यही माघ ४ गतेको निर्णयअनुसार डा. भुसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी पाएका हुन् ।






