
बर्दिया। सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबीचको सहमतिविपरीत रहेको बताएका छन् ।
नेपाली कांग्रेस बर्दियाले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेता साउदले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेको बताए ।
संविधानमा देखिएका केही कमी कमजोरीहरुलाई संशोधन गर्ने गरी सहमति भएकोमा प्रधानमन्त्रीले ०८७ सालमा संशोधन गर्ने भन्ने अभिव्यक्ति दिनु सरकार गठनका क्रममा गरिएको सहमतिको विरुद्ध भएको उनको भनाई थियो ।


