ईश्वर पोखरेल
दिउरेमा दूध बसाएर किचेनबाट बाहिर निस्केकी चन्द्रा ।
‘हेर्दै गर् है ।’ चन्द्राले निस्किदानिस्किदै भनिन् ।
चन्द्राले देखिन्— छिमेकमा उषा आएकी रहिछे, हालखबर सोध्नु प¥यो; धारा खुल्लै रहेछ, बन्द गर्नु प¥यो; बिस्कुनमा छपक्कै परेवा बसेका रहेछन्, धपाउनु प¥यो ।
यसै बीच बारीमा दिदीले फर्सीको मुन्टा लिन बोलाउनु भयो; चन्द्रा आफै गइन ।
दूध उम्लिएछ र पोखिएछ ।
चन्द्राले ‘मम्मी! मम्मी!!’ भनेर चिच्याएको तलै सुनेकी थिइन् ।
छोरी हुन्थी भने चिच्याउने साटो स्टोभ निभाएकी हुन्थी, दूध नास हुन्थेन; किचेनमा छोरो थियो ।