
काठमाडौं । नियात्रा समाज नेपालको नवौं साधारण सभाले अध्यक्षमा मोहन चापागाईलाई सर्वसम्मत चयन गरेको छ ।
सोमबार राजधानीमा सम्पन्न साधारण सभाले चापागाईको नेतृत्वमा उपाध्य्क्ष डा.दामोदर पुडासैनी किशोर,महासचिव भवानी खतिवडा,कोषाध्यक्ष सरिता अर्याल र सदस्यहरुमा कृष्ण प्रसाईं,भीष्म उप्रेती,विष्णुप्रसाद शर्मा पराजुली,सरस्वती अर्याल र दीपक अर्याल सर्वसम्मत निर्वाचित भए ।
साधारणसभामा डा.तारानाथ शर्मा नियात्रा सम्मानद्धारा वरिष्ठ साहित्यकार मञ्जुललाई समर्पण गरिएको थियो ।







