
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारअवसरमा शुभकामना दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले तमु ल्होसार सम्झदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडानाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झनाआउने बताए ।
उनले लेखेका छन् ,‘आज तमु ल्होसार, गुरुङ समुदायको प्रमुखपर्व । तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडानाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झनाआउँछ ।संस्कृतिमा हामी नेपाली धेरै धनी छौं।सबैलाई तमु ल्होसारको शुभकामना!’

