
काभ्रे ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेको ३१ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित जिल्ला कमिटी सदस्यको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा उक्त शपथ ग्रहण कार्यक्रम भएको थियो ।
कार्यक्रममा जिल्ला अधिवेशन बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष प्रकाश रोक्का, अनेरास्ववियु बागमती प्रदेश कमिटी अध्यक्ष लाल बहादुर बुढाथोकी, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य कुमार तिमल्सिना, अनेरास्ववियु केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक इन्चार्ज सुमन जैरु, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं विद्यार्थी इन्चार्ज मिलन कुमार गौतम लगायतको उपस्थिति रहेको थियो ।
अनेरास्ववियु काभ्रेको अध्यक्षमा दिपेश तिमल्सिना निर्वाचित भएका छन् । उपाध्यक्षमा सौगात अधिकारी, सुजन सापकोटा र आयुष बडाल, सचिवमा प्रविन पौडेल,सह–सचिवमा उत्कृर्ष दाहाल, तिर्सन तामाङ र आभास चौलागाईं, कोषाध्यक्षमा प्रजिता ढुंगाना र कार्यलय सचिवमा सन्जिव हुमागाईं निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारी र सदस्यहरुलाई अनेरास्ववियुका अध्यक्ष वडालले पद तथा गोपनियताको सपथ गराएका हुन् ।






