देउपूर मण्डन,काभ्रे । नेकपा एमाले मण्डनदेउपुर नगर कमिटी अधिवेशनबाट अध्यक्षमा शेरवहादुर डोटेल निर्वाचित भएका छन्
प्रतिश्पर्धी रुद्रवहादुर तामाङलाई ९१ मतको फराकिलो अन्तरले पराजित गर्दै डोटेल अध्यक्ष निर्वाचित भएका हुन् ।
डोटेलले १४७ मत ल्याउँदा तामाङले ५६ मत ल्याएका थिए ।
उपाध्यक्षमा झलक प्रसाद पौडेल १४७ मत सहित विजयी उनका प्रतिष्पर्धी राममणि सापकोटाले ४५ मतमात्र ल्याए।
भने सचिवमा तुलसी प्रसाद नेपाल ११३ मतसहित विजयी हुँदा सुमन नेपालले ८८ मतका साथ दोस्रो स्थान पाए । उपसचिवमा शिवराम तिमल्सिना १४४ मतसहित विजयी हुँदा पाभेल शाहले ५० मत प्राप्त गरे । अर्को एक उपसचिवमा नानु नेपाल निर्विरोध निर्वाचित भइन् ।
उक्त नगर अधिवेशनको उद्घाटन एमाले पोलिटव्युरो सदस्य, प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाले गरेका थिए ।