
काठमाडौं । सर्जक अनिता कोइरालाको पहिलो उपन्यास ‘उज्यालो औँसी’माथि अन्तरक्रिया भएको छ ।
पठन संस्कृतिको विकासका लागि क्रियाशिल बुकाहोलिक्सले चकटी बहसमा हरेक महिना एउटा कृतिमाथि अन्तरक्रिया गर्दै आएको छ ।
यहि क्रममा शुक्रबार भएको कार्यक्रममा कोइरालाको उपन्यास उज्यालो औँसीमाथि समालोचक डा.गीता त्रिपाठीले समीक्षात्मक टिप्पणी गरिन् ।
कोइरालाको उपन्यासको चर्चा गर्दै कतिपय प्रसंगले आफूलाई पनि पूर्वस्मृतिमा पुर्याएको बताइन् । उनले मातृ सशक्तिकरणका बारेमा बोल्दै आमाको सामथ्र्यलाई सलाम गर्न मन लागेको डा.त्रिपाठीले बताइन् ।
अनिता कोइरालाले उपन्यासको बारेमा लेखकिय धारणा व्यक्त गरिन्।






