
काठमाडौं । मित्रराष्ट्र चीनको ल्हासा नगरपालिका,जनसरकारले अस्पताल तथा विद्यालयहरुलाई ल्यापटप,डेस्कटप कम्प्यूटर,प्रिन्टर लगायतका सामाग्री सहयोग प्रदान गरेको छ।
चीनको स्वशासित क्षेत्र तिब्बतका लागि पूर्व महावाणिज्य दूत ताम्ला उकयावले सिभिल अस्पताल,स्तुपा सामुदायिक अस्पताल ,छत्रपाटी निशुल्क अस्पताल र विभिन्न विद्यालयहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरे ।

मैत्री सँस्थाका अध्यक्ष दीपक सरकारले सञ्चालन गर्नुभएको सामाग्री हस्तान्तरण कार्यक्रममा छत्रपाटी निशुल्क अस्पताल डा. मनोज मान श्रेष्ठ र गणेश योन्जनले आआफ्नो मन्तब्य राखेका थिए ।


