
काठमाडौँ। प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार भेटवार्ता भएको छ ।
भेटमा गृहमन्त्री गुरुङले तराई–मधेशको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्रीले तराई–मधेशमा भएको पछिल्लो घटना र स्थिति साम्य हुँदासम्मको अवस्थाबारे गृहमन्त्रीबाट जानकारी लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको थियो ।
गृहमन्त्री गुरुङ आफैं मधेश झरेर काम गरेकाले त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । आगामी दिनमा कस्तो सुरक्षा रणनीति अपनाउनुपर्ने भन्नेबारे पनि सामान्य छलफल भएको बताइएको छ ।
१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएको थियो । सोही विषयलाई लिएर विभिन्न स्थानमा सुरु भएको विवाद र झडपका क्रममा हालसम्म चार जनाको मृत्यु भइसकेको छ ।
