
काठमाडौं ।काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर -४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन। उनका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याएकी छन्।
माओवादीका नारायण विष्टले ३८१, एमालेका बद्री बुढाथोकीले ४६० मत र राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याए।


